साम्राज्यवादलाई हराउने फिडेल क्यास्ट्रोका छोरा आफैसँग हारे ! फिडेलीटोले किन गरे आत्महत्या ?

साम्राज्यवादलाई हराउने फिडेल क्यास्ट्रोका छोरा आफैसँग हारे ! फिडेलीटोले किन गरे आत्महत्या ?

  • शुक्रबार, माघ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

१९ माघ,काठमाडौं । क्युवाली क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले अन्तिम शास रहेसम्म साम्राज्यवादसँग लडे तर छोराले आत्महत्या गरे ।

बिहीबार अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहानै आत्महत्या गरेको समाचार प्रशासरण गरेका थिए । सुरुमा क्युवाली नेताहरु पश्चिमा मिडियाहरुले गर्ने गलत प्रचारको रुपमा हेरियो तर क्युवाको सरकारी पत्रिका ग्रान्माले नै एन्जलले अात्महत्या गरेको समाचार लेखेको थियो ।

आणबिक वैज्ञानिक ६८ वर्षीय एन्जलले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेको समाचारमा बताइएको छ । उनी फिडेलीटोको नामबाट चर्चित थिए ।

क्युवा सरकारका सल्लाहकार समेत रहेका फिडेलीटो तत्कालीन सोभियत संघमा विज्ञान विषयमा अावणविक विषयको अध्ययन गरेका थिए ।

अात्महत्याको कारण क्युवा सरकारले केही नबताएपनि फिडेलीटो डिप्रेसनबाट पीडित थिए । केही महिनादेखि उनी चिकित्सकहरुको निगरानीमा थिए । उनलाई केही समय अस्पतालमै भर्ना गरेर उपचार गरिएको बताइएको छ ।

अाफूले पढेको अाणविक विकास गर्न नपाएकोमा उनी केही वर्षदेखि तनावमा रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ