विश्व सीमसार दिवस आज मनाइदै

विश्व सीमसार दिवस आज मनाइदै

  • शुक्रबार, माघ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, माघ १९ ।
आज विश्व सीमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । दिवसको यस वर्षको नारा दिगो सहरी भविष्यका लागि सीमसार भन्ने तय गरिएको छ ।

नेपालका नौ वटा सीमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । राष्ट्रिय निकुञ्ज, आरक्ष ताथ संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा सीमसार क्षेत्र रहेका छन् । नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएकाले सीमसारको संरक्षण र संबद्र्धनलाई विशेष महत्व दिँदै आएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका अनुसार नेपालको सीमसार क्षेत्रले १ सय ७२ प्रजातिका माछा १ सय ९० प्रजातिका पंक्षी, दर्जनौं प्रजातिका घस्रने जीवजन्तु गरी ३ सय ७० प्रजातिलाई संरक्षण दिइरहेको जनाएको छ ।
एकोहोरो दोहन, जलवायू परिवर्तनको पभाव तथा अतिक्रमणको चपेटामा परेका कारण सीमसार क्षेत्र मासिँदै जान लागेको भन्दै सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् ।
बढ्दो सहरीकरण, सीमसार क्षेत्रमा मिचाहा प्रजातिको बिस्तार, अतिक्रमण गरी खेतीपाती तथा अन्य प्रयोग लगायत समस्याले नेपालका फ्रेस वाटर सीमसार अत्यन्त्रै जोखिममा परेकाले यसको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ