पत्रकार आचार संहिता सम्बन्धी मिडिया संबाद सम्पन्न

पत्रकार आचार संहिता सम्बन्धी मिडिया संबाद सम्पन्न

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 22.2K
    SHARES

आलोक माबोहाङ् लिम्बू/१८ माघ, ताप्लेजुङ । 
प्रेस काउन्सिल नेपालको आयोजनामा स्थानीय मिडियामा पत्रकार आचार संहिता सम्बन्धी मिडिया संबाद ताप्लेजुङको फुङलिङमा बिहिबार सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी प्रसाद ओझाले ताप्लेजुङबाट सञ्चार गृह र पत्रकार उपर निवेदन नआएको प्रति खुशी ब्यक्त गरे । ‘सञ्चार गृह र संचारकर्मी उपर निवेदन नपर्नु, पत्रकार आचार संहिताको पालना सन्तोषजनक हुनु हो’ सदस्य ओझाले भने ।
काउन्सिल पत्रकारिताको न्यायलय भएकाले सञ्चार गृह, सञ्चारकर्मीले पत्रकार आचार संहिताको उलंघन गरे तुरुन्त कार्बाहि गरिने अर्का काउन्सिल सदस्य खिल बहादुर भण्डारीले प्रष्ट पारे । सदस्य भण्डारीले जिम्मेवारीपूर्वक दायित्व निर्वाह गरेको प्रति ताप्लेजुङका ३ ओटै रेडियो र सञ्चारकर्मीलाई धन्यवाद दिए । समाचारको श्रोतको बारेमा स्थानीय प्रशासक वा जो कोहिले खुलाउन दबाब दिए, बाध्यकारी नहुन समेत ताप्लेजुङका पत्रकारलाई सचेत गराए ।
ताप्लेजुङका ३ ओटा रेडियो, पत्रिका र विभिन्न सञ्चार गृहमा कार्यरत सञ्चारकर्मी, सरोकारवालासँगै संबादमा भाग लिँदै फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीसीले पनि ताप्लेजुङका सञ्चारकर्मी प्रति सन्तोष व्यक्त गरे ।
प्रजिअ जीसीले स्थानीय सरकार र प्रशासकको काम सञ्चारकर्मीले नियाल्नु पर्छ । सञ्चारकर्मीको व्यवसायिक धर्मलाई पनि आफूहरुले नियालि रहेको बताए । जीसीले पीतपत्रकारिता बारे सञ्चारकर्मीलाई सचेत गराए । संबादमा ताप्लेजुङमा कृयाशील संचारकर्मीले आफूहरूले सकभर व्यवसायिक कर्तव्य र सामाजिक दायित्व पूरा गर्न प्रयासरत रहने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ