भारतको उत्तरप्रदेशमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु, तीन जना घाईते

भारतको उत्तरप्रदेशमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु, तीन जना घाईते

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

बाँके,माघ १८ ।
नेपालगन्जबाट भारतको लखनउका लागि जाँदै गरेको नेपाली सवार गाडि उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको रिसियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नेपाली सवार यूपी ४०१६ ८१४ नम्बरको महेन्द्र गाडी रिसियामा युपी २१ एएन ७०६२ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा अन्य तीन जना घाईते भएका छन् ।
दुर्घटनामा नेपालगन्जका मुनब्बर अली हल्वाई र रोशन साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय जमूनाहले जनाएको छ ।
मृतक हल्वाई मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएको थियो । हल्वाई नेपालगन्जमा मुनब्बर मोटर ड्राईभिङ्ग ट्रेनिङ्गका संचालक समेत हुनुहुन्छ भने साह पूर्व प्रहरी नायब निरीक्षक हुनुहुन्छ ।
दुर्घटनामा नेपालगन्जका संग्राम शाह,अंगुर खड्का र ईमरान अली हल्वाई घाइते हुनुभएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको शव नेपाल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ