काभ्रे, माघ १८ ।
काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा आज बिहान भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहान ५ बजे स १ च ११३४ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी २७ बर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका उनको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा गम्भिर घाइते भएका अर्का व्यक्तिलाई भने उपचारको लागि स्थानीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच सुनसरीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका –२ को पूर्व–पश्चिम राजमार्गमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरी रामधुनी –५ का नैनबहादुर बन्जरा रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते बन्जराको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।