डाक्टरबाटै २ सय ६५ जनामाथि यौन हिंसा !

डाक्टरबाटै २ सय ६५ जनामाथि यौन हिंसा !

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी, माघ १८ । अमेरिकाको मिसिगनका एक न्यायाधीशले पूर्व जिम्नास्टिक डाक्टर ल्यारी नास्सारको यौन हिंसाको सिकार भएकाको संख्या २ सय ६५ जनाभन्दा बढी भएको र ६५ जना पीडितले नस्सारको विरुद्ध बयान दिन तयार रहेको बताएका छन् ।

अभियोजन पक्षले यसै हप्ता सजाई सुनाइने क्रममा रहेका तीन वटा सुनुवाईमा कमसेकम ६५ जना पीडितले नस्सारको विरुद्ध बयान दिन तयार रहेको जनाएको छ । मिसिगनका न्यायाधीश जेनिस कनिङ्गमले अहिलेसम्म यौन हिंसाको सिकार भएका २६५ जनाभन्दा बढी पीडितहरुको पहिचान भइसकेको र पीडित हुनेहरु अनगिन्ती रहेको बताए ।

उनले सबै पीडित व्यक्तिगत रुपमा यो प्रक्रियामा सहभागी भएको बताएका छन् । अघिल्लो हप्ता १६० जना महिलामाथि यौन हिंसा गरेको पुष्टि भएपछि नस्सारलाई ४० देखि १७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो ।

यसअघि बालयौन शोषणसँग सम्बन्धित फोटो राखेको आरोपमा नस्सारलाई ६० वर्षको जेल सजाय सुनाइएको थियो । नास्सारले १३ वर्षभन्दा कम उमेरकी एक र १६ वर्षभन्दा कम उमेरका दुई बालिकालाई पनि यौन हिंसा गरेको बताइएको छ ।

पछिल्लो सुनुवाईका क्रममा एक १७ वर्षीया बालिकाले नस्सारलाई सैतानको संज्ञा दिएकी छन् । यो सुनुवाईपछि उनलाई यसअघि दिइएको सजायमा थप २४ देखि ४० वर्षसम्मको जेल सजाय बढ्ने सम्भावना रहेको बताइएको छ । मुद्दाको सुनुवाई तीन दिनसम्म चल्ने छ । यस क्रममा पीडितहरुको बयानसमेत लिइने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ