प्रधानन्यायाधीश पराजुली र डा.केसीकाे लडाइँ नयाँ चरणमा, प्रहरीले थाल्यो अनुसन्धान

प्रधानन्यायाधीश पराजुली र डा.केसीकाे लडाइँ नयाँ चरणमा, प्रहरीले थाल्यो अनुसन्धान

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

१८ माघ,काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको डा. गोविन्द केसीको लडाइँ नयाँ चरणमा प्रवेश गरेको छ । अन्तिम अनसनको मुख्य एजेण्डा पराजुलीलाई कारवाहीलाई बनाएका केसीले कानुनी लडाइँलाई अगाडि बढाएका छन् ।

केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेका छन् । बुधबार आफै प्रशासन कार्यालय पुगेर सूचना हक अन्तर्गत केसीले निवेदन दर्ता गरिएका छन् ।

यसैबीच केसीको मुद्दामा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि निवेदन दर्ता गरेका छन् । उनले आफूलाई सुरक्षाको माग गरेका छन् । आफूलाई पराजुलीले ज्यान मार्ने धम्की आएको बताउँदै भण्डारीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । उनले सुरक्षाको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार अधिवक्ता भण्डारीको सुरक्षाको जिम्मा वानेश्वर प्रहरीलाई दिइएको छ । प्रधानन्यायाधीस पराजुलीले धम्की दिएकोबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

डा.केसीले अनसनको बेला उठाएको शैक्षिक प्रमाणपत्रबारे टुंगो नलाग्दै प्रशासनमा निवेदन हालेका हुन् । अब केसी र पराजुली लडाइँ नयाँ चरणमा प्रवेश गरेको छ । उनलाई सहयोग पुग्नेगरी नै अधिवक्ता भण्डारीले निवेदन गर्दा गराएका छन् ।

यसैबीच प्रधानन्यायाधीश पराजुलीले गलत कुरा फैलाएको बताएका छन् । उनले डा.केसीको नामै नलिएर कानुन हातमा लिन खोजेका बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ