प्रचण्डलार्इ माअाेवादीकै नेताकाे प्रश्न: भौतिकवाद र अध्यात्मवादको फ्युजन भनेको यही रैछ हगि बड्डा ?

प्रचण्डलार्इ माअाेवादीकै नेताकाे प्रश्न: भौतिकवाद र अध्यात्मवादको फ्युजन भनेको यही रैछ हगि बड्डा ?

  • बुधबार, माघ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कैलाली । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पूजाको जग्गेमा बसेको फोटो सामाजिक संजालमा भाइरल भएको छ । सामाजिक प्रयोगकर्ताहरुले फोटोलाई राखेर विभिन्‍न स्टाटस लेखेका छन् । उनीहरुले यो सपना हो कि विपना अाफहरुले छुट्‍याउन नसकेको बताएका छन् । कतिपयले त फोटो एनिमेशन गरेको भन्‍ने अाशंका पनि गरेका छन् ।

कम्युनिस्ट त्यसमा पनि रुढिवादविरुद्धको अभियानका कमाण्डरले नै पूजा पाठमा गरेको यो नयाँ त होइन । यो नयाँ नभएपनि सामाजिक प्रयोगकर्ताहरुले विभिन्‍न टिकाटिप्पणी गरेका छन् । यसअघि प्रचण्डले भैसीको पूजा गरेको फोटो पनि भाइरल भएको थियो ।

अाज भइरल भएको फोटो कैलालीको त्रिशक्ति भजनी नगरपालिकाको हो । त्यही प्रचण्डले नगर कार्यालयको शिलान्यास गरेको बताइएको छ ।

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले फोटो राखेर फेसबुकमा लेखेका छन्ः ”म कम्युनिस्ट बन्न चाहाने भाैतिकवादी हुँ । त्यसैले मलार्इ तपार्इँ नास्तिक भन्न सक्नुहुन्छ । याे फुटु नगर कार्यालय शिलान्यास @त्रिशक्ति भजनी नगरपालिका, कैलाली भनेर अायो । पत्याउन गाराे भो । माअाेवादी सुप्रिम कमाणडर प्रचणडको जस्तो देखेँ । जनयुद्धको २२ अौं वर्षगाठ मनार्इरहँदा के याे वास्तविक हो की ! फोटाेसपको कमाल हाे ? छुटयाउन सकिन । अागे कम्युनिषटहरू, भाैतिकवादीहरू र माअोवादी साँस्कृतिक शाैर्न्दयशास्त्रीहरूले नै् फुटु र यसका सन्देश एवं अवस्थाका विवेचन गरून्” लेखेका छन् ।

उक्त स्टाटसमा कमेन्ट गर्ने अधिकांशले प्रचण्डलाई पाखण्डी भनेका छन् भने केहीले सामाजको उपज भनेका छन् । तर माओवादी नेता लोकेन्द्र विष्टले भने प्रश्न चिन्ह मात्रै गरेका छन् । मिथुन मिया नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘यो त्रिशक्ति भजनी नगरपालिका नै हो ? अनि प्रचण्ड जस्तै देखिने मान्छे क. प्रचण्ड नै हुन।’ उनले नरेन्द्रजंगले छुट्‍याउन नसकेको बताएको हुँदा त्यसको जवाफ दिएको देखिएको छ ।

माअाेवादीकै अर्का नेता बलराम तिम्सिनाले पनि यस्ताे लेखेका छन् , तिमीले भैंसी पूजा गर्दा – भैपरी होला भनेर सोच्यौ !
यो चैं भैपरी हो कि मनपरी हो पर्चन्न कामरेड ?
कतै यो वाचन शिरोमणी पण्डित श्री पुष्प कमल दहाल बन्ने कक्षा त होइन ?
भौतिकवाद र अध्यात्मवादको फ्युजन भनेको यही रैछ हगि बड्डा ?
उही तपाईको हुटिट्याऊँ !!

इश्वरी खनालले अाफूले पनि सपना हो वा विपना छुट्‍याउन नसकेको बताएकी छन् ।

अमर खड्काले भने प्रचण्डको पक्षमा कमेन्ट गरेका छन् । उनले साझा व्यक्ति भएको हुँदा समाजको कुरा पनि मान्नु पर्ने बताएका छन् ।

त्यसैगरी डा.जगदिश भण्डारीले प्रचण्डलाई बेकुफ र पाखण्डी भएको बताएका छन् । सूरज रोडुङले सांस्कृतिक रुपान्तरण भएको बताएका छन् । सिताराम केसीले लेखेका छन्, ‘कुकुरले आचि खान्छ भने अचम्म मान्न पर्दैन ।’

कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले एमालेसँगको पार्टी एकता चाँडो भएर अध्यक्ष हुन मागसहित पूजा जग्मेमा बसेको व्यांग्य गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ