कास्की , १७ माघ ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीका तीन जना मजदूर कार्यकर्ताहरुलाई प्रहरीले आज गिरफ्तार गरेको छ ।
तीन महिने एकीकृत जनजागरण अभियान अन्तरगत पोखराको सभागृहचोकमा भित्तेलेखन गरिरहेका उनीहरुलाई अपरान्ह साढे तीन बजे गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरुमा मजदूर कार्यकर्ताहरुमा रमेशकुमार श्रेष्ठ, रविन्द्र राई र अग्नि पाण्डे रहेका छन् । उनीहरुले “पोखरा सभागृहको नीजिकरणको विरुद्ध संघर्ष गरा,ै. सभागृह बचाउ अभियानमा सहभागी बनौं” लगायतका नाराहरु लेखिरहेको बेला नियन्त्रणमा लिएको जनाईएको छ ।
।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखराको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुले प्रयोग गरेको ग १ज ३४८४ नम्बरको भाडाको ट्याक्सीलाई पनि नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी रुपेशले जानकारी दिनुभयो ।
उहाँले भित्तेलेखनका क्रममा पक्राउ परेका आफ्ना मजदूर कार्यकर्ताहरुलाई विना शर्त अविम्व रिहाईको माग गर्नुभएको छ ।
उहाँले विना हातहतियार शान्तिपूर्ण रुपमा भेला भई कार्यक्रम गर्न पाउने संवैधानिक व्यवस्थाको पालना गर्न पनि स्थानीय प्रशासनसँग माग गर्नुभएको छ ।