अधिवक्ता भण्डारी भन्छन् , प्रधानन्यायधिस पराजुलिले ज्यान मार्ने धम्कि दिए , ज्यानको सुरक्षा होस्

अधिवक्ता भण्डारी भन्छन् , प्रधानन्यायधिस पराजुलिले ज्यान मार्ने धम्कि दिए , ज्यानको सुरक्षा होस्

  • बुधबार, माघ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ , १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्नुभएको छ ।

डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन समेत दिनु भएको हो । भण्डारीसँगै डा. केसी, अधिवक्ता ओमप्रकाश मिश्र पनि जिप्रका पुग्नु भएको थियो ।

प्रधानन्यायाधीश पराजुलीले गत पुस २६ गते साझ साढे ५ बजे तथा बिहीबार बिहान साढे ९ बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीको निवेदनमा उल्लेख छ ।

माघ १६ गते २ बजेतिर केही मानिस आफ्नो घरमा आएर पुनः धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीशबाटै आफ्नो ज्यानमा खतरा भएको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ