एजेन्सी, माघ १७ ।
अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्ध जटिल बनेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको छ ।
गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका रुसका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।
अमेरिकाको यो सूची प्रतिबन्धसँग सम्बन्धित एक कानूनको एक हिस्सा भएको बताइएको छ । जसको उद्देश्य अमेरिकी राष्ट्रपति निर्वाचनमा कथित रुपमा गरिएको हस्तक्षेपका लागि सजाय दिनु रहेका छ । यो सूचीमा २१० रुसी नागरिकको नाम समावेश छ ।
यद्यपि अमेरिकाले यी २१० जनालाई नयाँ प्रतिबन्ध नलगाइने स्प्ष्ट पारेको छ । रुसी राष्टपति पुटिनले भने अमेरिकाको यो काम मित्रवत नभएको भन्दै यसले दुवै देशबीचको सम्बन्ध जटिल बनाउने भएकाले आफूले यस विषयलाई अघि नबढाउने बताउनु भयो ।