प्रधानन्यायधिशको नागरिकताको प्रतिलिपि माग गर्दै केसीद्वारा निवेदन दर्ता

प्रधानन्यायधिशको नागरिकताको प्रतिलिपि माग गर्दै केसीद्वारा निवेदन दर्ता

  • बुधबार, माघ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, माघ १७ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गर्नु भएको छ ।

आफ्ना समर्थकसहित आज बिहान १० बजे बबरमहलस्थित कार्यालय पुगेर केसीले निवेदन दर्ता गर्नु भएको हो । सूचना हक अन्तर्गत निवेदन दर्ता गरिएको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिनुभयो ।

उहाँसँगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, तथा कलाकार रवीन्द्रसिंह बानियाँ जिल्ला प्रशासन पुग्नु भएको थियो ।

प्रधानन्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा. केसीले लगाउनु भएको छ । न्याय परिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लेखित जन्म मिति फरक रहेको विषयमा लामो समयदेखि विवाद भइरहेको छ।
सर्वोच्च अदालतले पनि जिल्ला प्रशासनसँग नागरिकताको प्रतिलिपि यसअघि नै मागिसकेको छ। केसीविरुद्दको अपहेलना मुद्दामा आदेश गर्दै सर्वोच्चले गत पुस २६ गते नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र माग गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ