सडकमा बसेर जुत्ता पालिस गर्दै काग्रेस नेताहरु: यस्तो छ कारण

सडकमा बसेर जुत्ता पालिस गर्दै काग्रेस नेताहरु: यस्तो छ कारण

  • मङ्लबार, माघ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ , १६ माघ ।

नेपाली काग्रेसका केन्द्रिय नेताहरुले काठमाण्डौको सडकमा बसेर जुत्ता पालिस गरेका छन् ।
राजनीतिक शुद्धीकरणका लागि भन्दै आज नयाँ बानेश्वरमा बटुवाको जुत्ता पालिस गरेका हुन् । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर राजनीतिक शुद्धीकरण अभियानको प्रारम्भ गरेका हुन् । सो क्रममा कंग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बटुवाको जुत्तामा पालिस लगाएका थिए ।

जुत्ता पालिस गरि सफा गर्नुलाई राजनीतिक विसंगतिको सफाइका रुपमा बुझ्न नेताहरुले आग्रह गरेका थिए । पालिस गराउने दुई दर्जन बढी व्यक्तिहरुबाट झन्डै ३१ हजार रुपैयाँ संकलन भएको र सो रकम प्रतिष्ठानका लागि हस्तान्तरण गरिने उनीहरुको भनाई छ । कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यका साथै किसुनजीको सिद्धान्त प्रचारमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ । कंग्रेस नेता भण्डारीले अन्य देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन सो अभियान थालिएको बताउनुभयो । जुत्तामा पालिस लगाउन मानवअधिकारवादी, कंग्रेस कार्यकर्ता, राजनीतिक व्यक्तित्वदेखि सर्वसाधारण पनि सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ