रौतहट , १६ माघ ।
चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले ८० लाख बराबरको रकम अभाब भएको बताएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा निर्मा्धिन ’एकीकृत नमूना सन्तपुर मुसहर बस्ती’ बाट मंगलबार साझ फेसबुकमा लाईभ गर्दै बस्ती निर्माण कार्य सम्पन्न भएपनि करिब ८० लाख रकम अभाव भएको र सहयोगी हातहरुले सहयोग गर्ने बिश्वास ब्याक्त गरेका छन् ।
आगामि माघ २३ गते हस्तान्तरणको तयारी गरिएको बस्तीका अन्य सम्पुर्ण काम सकिएपनि अब भ्यु टावर निर्माण कार्य जारी छ । चार पाचँ दिन भित्रमा भ्यु टावर निर्माण सकिने पनि उनले बताए ।
सोहि भ्यु टावरमा माथि गएर ईच्छाशक्ति भएमा जस्तो सुकै काम छोटै समयमा गर्न सकिन्छ भन्ने सन्देश दिने जनाएका छन् । रातको समयमा पनि निरन्तर काम भईरहेको बताएका छन् ।
निक्कै भावुक र मार्मिक रुपमा सम्बोधन गर्दै कट्टेलले आफ्नो सन्तानलाई छोडेर दुख पिडामा परेका नेपालीहरुको सेवा गर्दै हिड्दा खुसि लागेको पनि बताए । नेपालमा नै रोजगारिको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिदै उनले भने , साना नानिहरु जसलाई काखमा च्यापेर माया गर्ने बेला धेरै आमा ,बाबुहरु बिदेशीएका छन् , पछि फर्कदा म तिम्रो आमा , म तिम्रो बाबा भनेर चिनाउनु पर्ने अवस्था छ । यो अवस्थाको अन्त्य हुनपर्छ
अहिलेसम्म धुर्मुस–सुन्तली फाउण्डेशनले चार वटा नमुना वस्ती निर्माण सम्पन्न गरिसकेको छ ।
हेर्नुहोस् भिडियो ।