दरबारमार्ग बलात्कारकाे घटना सामान्य मिलापत्रमा टुङ्गीयाे : डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए

दरबारमार्ग बलात्कारकाे घटना सामान्य मिलापत्रमा टुङ्गीयाे : डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए

  • मङ्लबार, माघ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

१६ माघ, काठमाडौं । दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटना सामान्य मिलापत्रमा मिलाइएकाे सार्वजनिक भएको छ । बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र गराइएपछि  नेपाल प्रहरीका अधिकारीहरु नै छानबिनमा तानिएका छन् ।

काठमाडौंको ल्याण्डमार्क होटलमा गत बिहीबार साथीसँगै गएकी एक युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका थिए । बलात्कारलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबार मार्ग पुगे पनि प्रहरीले मिलापत्र गराएको थियो । युवतीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीले दबाब दिएर मिल्न लगाएका थिए ।

सामान्य मिलापत्रमा बलात्कारजस्तो जघन्य अपराध मिलाइएको सार्वजनिक भएसँगै महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो ।

एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित समितिले यसबारे छानबिन थालेकाे  महानगरीय प्रहरी परिसरले जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ