असन र इन्द्रचोक बीचमा धारिलो हतियार प्रहार गरि हत्या

असन र इन्द्रचोक बीचमा धारिलो हतियार प्रहार गरि हत्या

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौ १५ माघ ।
काठमाडौंको मच्छेबहालमा एक सुरक्षागार्डको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी दोलखा मावापौवा २ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको हो ।

तामाङ इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनी ड्युटीमै रहेका बेला हत्या भएको प्रहरीले जनाएको छ ।

राति करिब एक बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टर र्पुयाएको थियो ।

तर राति पौने २ बजे नै तामाङलाई चिकित्सकले मृतक घोषणा गरेका थिए । टाउको र हिपमा गहिरो चोट लागेका तामाङको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ । सीसीटिभी फुटेजका आधारमा हत्यामा संलग्नको खोजी कार्य तीव्र पारिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ