” भावन मापदण्डमै ” – महर्जन बिजनेस एसोसिएट्स

” भावन मापदण्डमै ” – महर्जन बिजनेस एसोसिएट्स

निर्माणधिन महर्जन बिजनेश एशोसियट्सको बिरोध गर्नु गलत – प्रवक्ता ज्ञानेन्द्र कार्की

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 22.9K
    SHARES

माध १५ ,काठमाडौँ / विश्वसम्पदा क्षेत्र काठमाडौँको हनुमानढोका दरवार नजिक बनिरहेको रहेको चार तल्ले व्याबसायिक भवन मापदण्ड नभएको महर्जन बिजनेस एसोसिएट्स प्रालिले दावी गरेको छ ।
आफुहरुलाई दुख्ख दिने उदेश्यले केहि ब्यक्तिले अनर्गल प्रचार गर्दै भ्रम छर्दै गरेको भन्दै आइतबार इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सञ्चालक कृष्णलाल महर्जनले करिब ५० वर्षअघि बुबाले उक्त भवन खरिद गर्न नपाएको हामी बच्चाबेलादेखि सुनाइरहनुहुन्थ्यो, त्यही भएर करिब एकअर्बमा उक्त भवन खरिद गरेर साढे दुई अर्बमा निर्माण हुने कुरा बताए ।

काठमाडौँ महानगर पालिकाबात नाक्सा स्वीकृत भएको विश्व सम्पदा क्षेत्र भित्र रहेको कारण पुरातात्वो विभागको मापदण्डभित्र रही युनिस्कोले समेत निर्माणाधीन भवनको अवस्था मापदण्ड भित्रै रहेको किटानी गरिसकेको महर्जनको भनाइ छ ।
ब्यापारिक र आवासीय भवनको क्षेत्रफल दुईहजार वर्गफिटभन्दा माथि रहे भूमिगत तल्ला राख्नैपर्ने नगर विकासको नियम रहेकाले करिब ६ हजार २ सय ६५ वर्गफिटमा भवन निर्माण भएकाले सोही अनुसारले थप भूमिगत तल्लाको स्विकृत भएको एशोसियट््सका संचालक कृष्ण लाल महर्जनले कथित आफुलाई सम्पदा प्रेमी भनाउदा दुइचारजनाले एेतिहासिक दरवार क्षेत्र भित्र रहेको नारायण रहेको पोखरी सुक्ने , भूमिगत तल्लाबाट भएर दरबार क्षेत्रमा सुरुङ खनेर बहुमूल्य सम्पत्तीहरु चोरी हुुनसक्ने कुरा उठाएर संचारमाध्यमलाइ समेत दिग्भर्मित गर्दै अनर्गल प्रचार फैलाएको भन्दै दुईफिटको सेयरवालसहित भूमिगत ढलान भएकाले सुरुङ खनेर चोरी हुन असम्भव रहेको उनको भनाइ छ ।
उक्त भवनले विश्व सम्पदा क्षेत्रलाई नकारात्मक प्रभाव पार्न सक्ने भन्दै केहीले विरोध गरेपछि काठमाडौं महानगरपालिकाका प्रवत्ता ज्ञानेन्द्र कार्कीले पूरातत्व विभागकै स्विकृतिमा नक्सा पाससहित भूमिगत तल्ला निर्माण भएकाले विरोध गर्नु औचित्य नभएको बताउनुभयो ।

‘अहिलेसम्म महर्जन विजनेश एसोसियट््सको भवन ३१ फिट भइसकेको छ, धर्मपथ र दरबार स्क्वायरको बाटोमा अझैं चारफिट बनाउन पाउँछ, भित्रतिर चारतल्लासहित ४२ फिटसम्म जान पाउँछ, छिमेकी घरहरु पनि यस्तै हो ।’
पूरातत्व विभागद्वारा तयार पारिएको हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माण सम्बन्धी मापदण्ड, २०६४ अनुसार ‘‘परम्परागत शैलीमा पुराना घरहरुको उचाईं ३५ फिट भन्दा रहेछ भने त्यस्ता घरहरुको पुनःनिर्माण साविककै उचाईलाई कायम राखी पुनःनिर्माण गर्न अनुमति दिइनेछ,’’ उल्लेख भएकाले सोही अनुसार जान पाउनुपर्ने सम्बद्ध पक्षसँग सञ्चालक कृष्णलाल महर्जनको माग रहेको छ । काठमाडौँ महानगर पालिका २४ वडाले बन्दै गरेको भवन महानगरको नियेम टेकेर नक्सा पास स्विकृत गरि भवन निर्माण भएको कारण बिबाद नरहेको मिर्मिरे अनलाइन संगको बताए ।
एशोसियट््स’का संचालकमहर्जनले भवनभित्र कुनै पुरातात्विक महत्वोका कुमारीको मन्दिर नभएको दाबी गर्दै उहाँले भवनसँगै रहेको नाट््येश्वर मन्दिर (नासः द्यः) करिब १५ लाखको निजि लागतमा जिर्णाेद्धार भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी