हिमानीलाई सांसद बनाउने लविङ सुरू , देउवा र ओली सकारात्मक, प्रचण्डले यसाे भने !

हिमानीलाई सांसद बनाउने लविङ सुरू , देउवा र ओली सकारात्मक, प्रचण्डले यसाे भने !

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

१५ माघ,काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहलाई राष्ट्रियसभामा प्रवेशको लागि दौडधुप सुरु भएको छ । राजनीतिमा आउने इच्छा देखाएसँगै हिमानीलाई राष्ट्रिय सभामा सांसद बनाउन दरवार निकट व्यक्तिहरुले लविङ सुरु गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बैंककमा भेटेर हिमानीले आफू राजनीतिमा आउने इच्छा जाहेर गरेको बताइन्छ । पूर्व दरवारियाहरुले पनि हिमानीलाई संसदमा प्रवेश गराएर यही व्यवस्थामा दरवारको प्रतिनिधित्व गराउन दलहरुलाई सुझाव दिइरहेका छन् । उनीहरुले राजतन्त्र फर्कन गारो बन्दै गएको निष्कर्ष निकाल्दै यही व्यवस्थामा सहभागी भएर आफ्ना एजेण्डलाई जनतासम्म लिनु पर्ने सुझाव पूर्वराजा ज्ञानेन्द्रलाई पनि दिइरहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामा हिमानीको नाम पनि समावेश गर्न पूर्व दरवारीयहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डलाई भेट गरिरहेका छन् ।

स्रोतका अनुसार देउवा र ओली सकारात्मक भएपनि प्रचण्डले भने अझैं मुख खोलेका छैनन् । उनले हिमानीलाई सांसद बनाउँदा जनतामा राम्रो प्रभाव नपर्ने बताउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ