तातोपानी कुण्डमा नुहाउदा यी रोग निको हुन्छन् !

तातोपानी कुण्डमा नुहाउदा यी रोग निको हुन्छन् !

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

म्याग्दी, माघ १५ । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा नुहाउन पुग्ने बिरामीको भिड लागेको छ ।

जाडो सिजन सुरु भएसँगै बिरामीको चाप बढ्ने गरे पनि यो वर्ष गत वर्षको भन्दा दोब्बरले चाप बढेको हो ।

अघिल्लो हप्ता मात्रै तातोपानी कुण्डमा ६ सयभन्दा बढीले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए ।

पोखरा पर्यटन बोर्डको १० लाखसहित कुण्डको आम्दानीबाटै ४ करोड रुपैयाँको लागतमा विभिन्न संरचनाहरु निर्माण गरिएको अध्यक्ष शाक्यले बताए ।

यो कुण्ठमा वार्षिक २० हजार बिरामी आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

तातोपानीमा डुब्न आउनेबाट १० दिनका लागि २ सय र एक दिनका लागि ५० रुपैयाँ शुल्क लिने गरिएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

मुहानबाटै गन्धक र बिरे नुनसहित ५७ डिग्री तापक्रमको तातोपानी आउने कुण्ठमा स्नान गरे गानो, गोला, ग्यास्ट्रिक, बाथ, हाडजोर्नी दुख्ने, चोटपटक लागेको, चर्मरोग, प्यारालाईसिस लगायतका रोग निको हुने विश्वास गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ