प्रदेशको बजेट असार १ मा ,सञ्चित कोष सञ्चालन प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने

प्रदेशको बजेट असार १ मा ,सञ्चित कोष सञ्चालन प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, माघ १५ । प्रदेशमा सञ्चित कोष सञ्चालन प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने भएको छ ।

सरकारद्वारा हालै स्वीकृत प्रदेश आर्थिक कार्यविधि ऐनको नमुना मस्यौदाले प्रदेशमा सरकारी ढुकुटी प्रदेश लेखा नियन्त्रकको कार्यालयले सञ्चालन गर्ने तोकेको हो ।

सो मस्यौदाअनुसार प्रदेश सञ्चित कोषको लेखा अद्यावधिक राख्ने तथा त्यसको वार्षिक वित्तीय विवरण तयार पार्ने कर्तव्य र उत्तरदायित्व प्रदेश लेखा नियन्त्रकको कार्यालयको हुनेछ ।

मस्यौदा अनुसार हरेक प्रदेशमा १ असारका दिन अर्थमन्त्रीले आगामी आवको बजेट प्रदेश सभामा पेश गर्नेछन् ।

यसरी विनियोजन ऐन वा पेस्की खर्च ऐन जारी भएपछि खर्च गर्न अधिकार प्राप्त कार्यालयले वार्षिक कार्यक्रमको आधारमा खर्च गर्न सक्नेछन् । –नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी