यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादीको नियन्त्रणमा, सरकारी सेनासँगको भिडन्त जारी

यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादीको नियन्त्रणमा, सरकारी सेनासँगको भिडन्त जारी

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी , माघ १५ ।

दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लिएको छ । सरकारी सेना र पृथकतावादी समूहबीच भएको संघर्षमा कम्तिमा १० जनाको मृत्यु भएको छ । संघर्षमा दर्जनौं मानिस घाइते भएका छन् ।

अहिले पनि राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् ।

हुथी विद्रोहीले सनालाई यसअघि नै नियन्त्रणमा लिएपछि यमनको सरकारले एडेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । अहिले दुवै पक्षले आफ्ना सेनालाई कारबाही रोक्न अपील गरेका छन् ।

सरकारी सुरक्षा फौजले छिमेकी अरब मुलुकहरुबाट भएको हस्तक्षेपलाई सुल्झाउन अपील गरेको छ । सरकारी सेना र पृथकतावादी समूहबीचको संघर्षका कारण यमनका लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।

सन् १९९० मा दक्षिण र उत्तर यमनलाई मिलाएर सिंगो यमन बनाईएकेमा पछिल्लो संघर्षका कारण त्यहाँको अवस्था झन् विकराल बन्दै गएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

अझै पनि दक्षिणी यमनमा पृथकतावादी भावना शान्त हुन सकेको छैन ।

पृथकतावादीहरुले हुथी विद्रोहीको विरुद्धमा सरकारलाई समर्थन गर्दै आएको थिए, तर केही हप्ताअघि पृथकतावादी समूहले सरकारले भ्रष्टाचार गरेको र भेदभाव गरेको आरोप लगाउन थालेपछि मुलुकमा तनावको अवस्था आएको हो ।

यसैबीच प्रधानमन्त्री दागेरले युएईबाट तत्काल शन्तिको प्रयास उठाउन आग्रह गरेका छन् ।

उनले यो संघर्षले हुथी विद्रोहीलाई फाइदा पुग्ने बताएका छन् । साउदी अरबमा रहेका राष्ट्रपति हादीले पनि युद्धविरामको अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ