प्रधानमन्त्रीले परिवार नियोजन संघकी अध्यक्ष सिजापतिलाई राति बोलाएको खुलासा ! आफूले स्वार्थ पूरा नगरेकाले संघ विघटन गरेको सिजापतिको आरोप

प्रधानमन्त्रीले परिवार नियोजन संघकी अध्यक्ष सिजापतिलाई राति बोलाएको खुलासा ! आफूले स्वार्थ पूरा नगरेकाले संघ विघटन गरेको सिजापतिको आरोप

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवामाथि गम्भीर अारोप लागेको छ । नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले सो अारोप लगाएकी हुन् । उनले प्रधानमन्त्रीलाई खुशी बनाउन राति भेट्न गएको कारण अाफूलाई हटाइएको बताएकी छन् ।

प्रधानमन्त्रीले संघको वर्तमान कार्यसमिति विघटन गरेपछि अाक्रोसित बनेकी सिजापतिले अाफूले स्वार्थ पूरा नगरेकै कारण अन्यायपूर्ण तरिकाले संघ विघटन गरेको अारोप लगाएकी छन् । उनले प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणाले आर्थिक चलखेलमा विधान विपरित वर्तमान कार्यसमिति भंग गरेको आरोप लगाइन् ।

‘अन्तराष्ट्रिय मान्यता र परिवार नियोजन संघको विधान विपरित साधरण सदस्य समेत नरहने गरी कारबाही गरिएका छत्रबहादुर गिरीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ’ संघ सिजापतिले भनिन् । उनले प्रधानमन्त्रीले राति बोलाएको अर्थ अाउने गरी भनिन्, ‘मैले प्रधानमन्त्रीजीको स्वार्थ पूरा गर्न सकिन, राति उहाँकहाँ जान सकिन, दिउँसो मसँग समय नै थिएन, त्यसैले मलाई अन्यायपूर्वक विधानविपरित हटाइयो ।’ उनले आफूले प्रधानमन्त्री देउवा र उनकी पत्नीलाई नभेटेकोले आफूमाथि अन्याय गरिएको अारोप लगाएकी छन् ।

संघको कार्यसमितिमा १२ जना रहने व्यवस्था हुँदाहुँदै देउवाले विधानविपरित १८ सदस्यीय समिति बनाएको भन्दै अध्यक्ष सिजापतिले आपत्ति समेत जनाइन् ।अनलाईनडवलीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ