केपी ओलीले ‘…भारत-भाग्य-विधाता जय हे‘’ भन्दै चर्को स्वरमा भारतीय राष्ट्रिय गान गाएपछि…..

केपी ओलीले ‘…भारत-भाग्य-विधाता जय हे‘’ भन्दै चर्को स्वरमा भारतीय राष्ट्रिय गान गाएपछि…..

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले अायोजना गरेको दिवाभोजमा नगएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निकै तारिफ भयो । राष्ट्रवादी नेता भन्दै केही सामाजिक प्रयोगकर्तादेखि मिडियामा ओलीको तारिफ भयो ।

भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा राजदूतावासले अायोजना गरेको अौपचारिक कार्य जाँदा कुनै राष्ट्रघात हुने त थिएन नै । सबै नेताहरुलाई झैं ओलीलाई पनि दूतावासले निम्तो पठाएको थियो तरपनि ओली नगएपछि धन्यवाद खाए ।

तर, उक्त धन्यवाद २४ बित्न नपाउँदै खेर नै गयो । शुक्रबार दूतावासमा अायोजनक गरेको कार्यक्रम नगएका ओली शनिबारको कार्यक्रममा भने सहभागी भए ।

काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्स क्लवमा शनिबार आयोजित विशेष कार्यक्रममा एमालेका अध्यक्ष ओली सहभागी भए ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उक्त कार्यक्रममा गोप्य रुपमा सहभागी भएका थिए ओली । भारतीय दूतावसले नै फोटो ट्वीटमार्फत सार्वजनिक गर्‍यो ।

कार्यक्रममा सहभागीको एक अतिथिले स्रोतसँग बताएअनुसार कार्यक्रममा भारतीय राष्ट्रिय गान गाइएको थियो । साउण्ड सिस्टमबाट बजाइएको गानमा सबै अतिथि सहभागी भएका थिए । भारतीय राजदूतसँग अग्रपंक्तिमा रहेका एमाले अध्यक्ष ओलीले भारतीय राष्ट्रिय गान गाएको बताएका थिए ।

कतिपयले मनमनै खाएका थिए भने कतिपय अतिथिले चर्को स्वरमा गाएका थिए । एमाले अध्यक्ष ओली पनि चर्को स्वरमा गाउँनेमा परे । ओलीले बीचको केही हरफबाहेक जन गण मन अधिनायक जय हे…, भारत-भाग्य-विधाता जय हे, जय हे, जय हे …ओलीले चर्को स्वरमा लय हालेर गाएको बताइन्छ ।

रबीन्द्रनाथ टैगोरले लेखेको राष्ट‍्रिय गान ५२ सेकण्डसम्म बजेको थियो । शुक्रबारको कार्यक्रममा सहभागी नभएपछि भारतीय राजदूत ञ्जिभसिंह पुरीले फोन गरेर कार्यक्रममा नअाउनुको कारण सोधेका थिए । जवाफमा ओलीले अर्को कार्यक्रम जोेधेको कारण अाउन नपाएको भन्दै शनिबारको कार्यक्रममा अाउने वचन दिइसकेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ