पुसमा ५ अर्ब ९८ करोड बढी रकमान्तर

पुसमा ५ अर्ब ९८ करोड बढी रकमान्तर

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं ,माघ १४ ।

चालु आर्थिक बर्षको पुष महिनामा ५ अर्ब ९८ करोड बढी रकमान्तर भएको छ ।

अर्थमन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार प्रतिनिधिमण्डलको बैदेशिक भ्रमण, आर्थिक सहायता, अतिथि सत्कार लगायत बिषयमा सो रकमान्तर भएको हो ।

यो अवधीमा सबैभन्दा बढी नेपाली सेनाका लागि हेलिकप्टर खरिदका लागि १ अर्ब ७० करोड रकमान्तर भएको छ ।

यस्तै, नेपाली सेनाका लागि डबल वेश प्रोपेलमेन्ट प्लान्ट खरिदका लागि १ अर्ब ५० करोड रुपैयाँ रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

यस्तै, सातै वटा प्रदेशमा व्यवस्थाविका एवं कार्यपालिका सञ्चालन गर्नअस्थायी कार्यालय र आवास भवनको व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई १ अर्ब ५ करोड रकमान्तर गरिएको छ ।

गत साउनमा बाढीपहिरोबाट घर पूर्ण रुपमा क्षति पुगेकाको परिवारलाई राहत वितरणका लागि अर्थमन्त्रालयले १ अर्ब ४ करोड निकासा गरेको जनाएको छ । पुषमा प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागतमा मात्रै १ कोड १५ लाख रुपैयाँ रकमान्तर भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी