प्रदेश संसदको पहिलो अधिवेशनको टुङ्गो लाग्यो

प्रदेश संसदको पहिलो अधिवेशनको टुङ्गो लाग्यो

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, माघ १४ ।
प्रदेश नम्बर १ र ६ बाहेकका सबै प्रदेशमा प्रदेश संसदको पहिलो अधिवेशनको मिति टुङ्गो लागेको छ ।

प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक आइतबार जनकपुरमा रहेको शैक्षिक तालिम केन्द्रको सभा कक्षमा बस्ने भएको छ ।

यस्तै प्रदेश नम्बर ३ को संसदको पहिलो अधिवेशन आउँदो बिहीबार हेटौंडाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा र प्रदेश नम्बर ४ को पहिलो अधिवेशन आउँदो २२ गते सोमबार नगर विकास प्रशिक्षण केन्द्रको भवन नदीपुर पोखरामा बस्न जनाईएको छ ।

यसैगरी ५ नम्बर प्रदेशको पहिलो अधिवेशन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा र ७ नम्बर प्रदेशको पहिलो अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा आउँदो आइतबार बस्ने तय भएको छ ।

प्रदेश प्रमुख नियुक्त भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बस्नुपर्ने भए पनि १ र ६ नम्बर प्रदेशमा यसको अझै टुंगो लाग्न सकेको छैन ।

प्रदेश नम्बर १ को पहिलो अधिवेशनको मिति सोमबार टुंगो लाग्ने छ भने प्रदेश नम्बर ६ को आइतबार टुंगो लगाउने संभावना छ ।

सरकारले माघ ३ गते सातवटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेको थियो । अबको एक हप्ताभित्र प्रदेशसभाको पहिलो बैठक बसि सक्नुपर्ने भएपछि सबै प्रदेशमा बैठक स्थल मर्मत सम्भार तथा रंगरोगनको काम भैरहेको छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको चुनाव गरिसक्नुपर्ने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ