नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, माघ १४ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् ।

मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले हमलामा लागूऔषध तस्करीमा संलग्न रहेकाहरु भएको जनाएका छन् ।

अघिल्लो वर्ष ब्राजिलको सिएरा प्रान्तमा ५ हजार १ सय १४ जनाको हत्या भएको थियो । सन् २०१५ मा पनि एक नाइट क्लबमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ