यौन दुर्व्यवहार प्रकरणमा अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजिनामा दिदै

यौन दुर्व्यवहार प्रकरणमा अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजिनामा दिदै

  • शनिबार, माघ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

वासिंटन, माघ १३ । अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने भएका छन् ।

ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि राजीनामा गर्ने निर्णयमा उनीहरु पुगेका हुन् ।

जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीलाई राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

नयाँ सुधारका कदम नचालेसम्म उक्त राष्ट्रिय खेलकुद निकायले जिम्न्यास्टिक सञ्चालन गर्ने अधिकार गुमाउने पनि जनाइएको छ ।

यसै हप्ताको शुरुमा पूर्व ओलिम्पिक जिम्न्यास्टिक चिकित्सक नासरलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेको आरोपमा १७५ वर्षको जेल सजाय सुनाइएको थियो । १८ सदस्यीय जिम्न्यास्टिक बोर्डका ५ जनाले भने राजीनामा दिइसकेका छन् ।

विवाद सतहमा आएपछि अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीका दुई पदाधिकारीले राजीनामा दिएका छन् । ५४ वर्षका नासरले सन् १९९७ देखि २०१६ सम्म उक्त विश्वविद्यालयमा काम गरेका थिए । उनी सन् १९९६ देखि २०१४ सम्म अमेरिकी जिम्न्यास्टिक संघका चिकित्सक थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ