अंकारा, माघ १३ । टर्कीले सिरियामा चलिरहेको कुर्द लडाकूविरुद्धको संघर्षलाई पूर्वमा इराकसम्म र्पुयाइने जनाएको छ ।
टर्कीको सेना कुर्द नियन्त्रित मनबिज पार गर्दै अगाडी बढ्ने राष्ट्रपति रेचेप तेयेप अर्दोआनले बताउनु भयो । तर टर्कीको उक्त कदमले कुर्दको समर्थनमा रहेको अमेरिकासँग झडप हुन सक्ने चर्चा चलेको छ ।
कुर्द सैनिकले सन् २०१६ मा इस्लामिक स्टेटसँग खोसेको यस शहरमा अमेरिकी सैन्य बल पनि रहेको छ । टर्कीले गत हप्तामात्र कुर्द लडाकूविरुद्ध आक्रमण थालेको हो ।
टर्कीको सेनालाई सिरियाली विद्रोहीको समर्थन रहेको छ । युद्ध शुरु भएपछि हजारौं सर्वसाधारण आफ्नो थातथलो छाडेर भागेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline