डाभोस, माघ १३ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भक्षक शैली’मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गर्दै अनुचित व्यापार नसहने चेतावनी दिनुभएको छ ।
स्विटजरल्याण्डको डाभोस शहरमा विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरुबीच उहाँले व्यापारकासम्बन्धमा पनि ‘अमेरिका पहिलो’ नीति नै अवलम्बन गरिने प्रष्ट पार्नुभयो ।
अनुचित व्यापारिक अभ्यासका कारण बजारमा विकृति देखिएको बताउँदै ट्रम्पले अब त्यसप्रति अमेरिका चुप लागेर नबस्ने पनि बताउनु भयो ।
व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिनुको मतलब अमेरिका एक्लैमात्र पहिलो भन्ने नभएको उहाँको भनाइ थियो ।
अरु देशका नेताले पनि आ–आफ्ना देशलाई पहिलो स्थानमा राख्दा हुने उहाँको सुझाव छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline