नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक ६ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक ६ घण्टा बन्द

  • शनिबार, माघ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES
Budget constraint behind delay in completing Tripureshwor-Nagdhunga project

चितवन ,माघ १३ ।
स्तरोन्नतीको क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।

यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको भएपनि प्रभावकारी नभएपछि आजबाट दिउसँसो दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरेका काम सुरु गर्न लागएको हो ।

बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म सडक बन्द गरी द्रुत गतिमा काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने भएकाले सडक स्तरोन्नतीको काम समेत प्रभावित भएको खनालले बताउनुभयो ।

सो सडकखण्डको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी छ । १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको र हालसम्म ७२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले दावी गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा रोकिनेछ भने बस र साना सवारीलाई जुगेडी र दाशढुंगामा रोकिने छ ।

काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेवाटारमा रोकिने छ । पोखरातर्फबाट आउने बस र साना सवारीलाई बेनिटार र ट्रकलाई आँबुखैरनीमा रोकिने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ