धनुषामा टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, पाँचथरमा २ जनाको ज्यान गयो

धनुषामा टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, पाँचथरमा २ जनाको ज्यान गयो

  • शनिबार, माघ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

धनुषा, माघ १३ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आज बिहान टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सङखुवासभाका २९ बर्षिय नायाराज जिमि , मोरङ विराटनगरका ४५ का सारदा रेग्मी दाहाल , विराटनगरकै ३२ बर्षिय प्रहलाद न्यौपाने , खोटाङ निर्मलिडाडाका २७ बर्षिय ज्ञानबहादुर चौहान , मोरङ लेटाङका ४० बर्षिय खेमकुमार रानामगर र पाँचथर ३१ बर्षिय प्रनिता राई रहेका छन् ।

सुमोमा ११ जना सवार रहेकोमा अन्य ५ जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरीकार्यलय धनुषाले जनाएको छ ।
काठमाडौंबाट झापा तर्फ जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो आज बिहान साढे दुई बजे गणेशमान वडा नम्बर ८ कमलापुल नजिकै
अनियन्त्रीत भएर पोखरीमा खसेको प्रहरीले बताएको छ ।

उता , पाँचथरमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।
गएराति वारेबुङबाट योङयापका लागि छुटेको ग १ ज ६० ८५ नम्बरको जीप याङबरक गाउँपालिका २ मा दुर्घटना हुँदा १९ वर्षका प्रवेश योङ्या र १६ वर्षका सन्दीप योङयाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारको लागि झापा ल्याउने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ