एजेन्सी १२ माघ ।
दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा भएको आगलागीमा परी ४० जना घाइते भएका छन् ।
११ जनाको अवस्था गम्भीर रहेको अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । आगालागीका समयमा एक सयभन्दा बढी मानिस अस्पतालभित्र रहेको बताइएको छ ।
विषेगरी ज्येष्ठ नागरिकको उपचार गर्ने उक्त अस्पतालको इमरजेन्सी कक्षबाट आगो सल्किएको बताइएको छ । आगोका कारण सँगै जोडिएको नर्सिङ होम समेत प्रभावित भएको छ ।
आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन् । नर्सिङ होमबाट ९३ जनाको भने सकुशल उद्धार गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline