भारतीय दूतावासबाट गणतन्त्र दिवसका अवसरमा एम्बुलेन्स र बस प्रदान

भारतीय दूतावासबाट गणतन्त्र दिवसका अवसरमा एम्बुलेन्स र बस प्रदान

  • शुक्रबार, माघ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, माघ १२ । भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा आज नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ ।

भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो । त्यसैगरी विभिन्न स्थानका ४१ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।

भारतीय दूतावासले हालसम्म नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई ६६२ वटा एम्बुलेन्स र १३० वटा बस प्रदान गरिसकेको छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराई भारतका राष्ट्रपतिले दिएको सन्देश पढेर सुनानुभएको थियो ।

राजदूत पुरीले भारतीय जनताको नेपाली जनतासँग प्रगाढ सम्बन्ध रहेको भन्दै नेपालको शान्ति, स्थायित्व सम्मृद्धिमा भारतको सधै सहयोग रहने बताउनुभयो ।

उहाँले नेपाल–भारत कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा भएको अवसरमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ