आज भन्सार दिवस मनाइदै

आज भन्सार दिवस मनाइदै

  • शुक्रबार, माघ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौ १२ माघ ।
आज ६६ औं विश्व भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । विश्व भन्सार संघको आह्वानमा हरेक वर्ष जनवरी २६ तारीखमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

दिवसको यो बर्षको अन्तर्राष्ट्रिय नारा आर्थिक विकासका लागि सुरक्षित व्यवसायिक वातावरण तय गरेको छ । दिवसले मुलुकको समृद्धिका लागि सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

दिवसका अवसरमा सरकारी तथा निजी स्तरका संघ संगठनहरुले आज गोष्ठी, अन्तरक्रिया लगायत विभिन्न कार्यक्रम गर्दैछन् । अर्थमन्त्रालयले आज विषेश कार्यक्रमको आयोजना गरेको छ ।

भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध मानिन्छ । वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नका लागि भन्सार छल्नु सजायको भोगी हुनु हो ।

नेपालमा बन्द, चक्काजाम, आन्दोलन जस्ता गतिविधिका कारण वस्तु तथा सेवाको आयात निर्यातमा असर पुग्नुका साथै राजश्व असुलीमा कठिनाई हुने सरोकारवालाहरुको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ