‘नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध राख्ने’

‘नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध राख्ने’

  • बिहिबार, माघ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, ११ माघ  । 

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध स्थापित गर्ने बताउनु भएको छ ।
आज आयोजित साक्षात्कारमा उहाँले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध बढाइने बताउँदै भन्नुभयो, “हाम्रो भारतसँग पहिलेदेखि नै सम्बन्ध रहेको छ, विगतमा जे जति तीता कुरा भए, ती सबैलाई बिर्सी दुई देशबीच असल सम्बन्धको विकल्प छैन ।”

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य ज्ञवालीले दुई देशबीचको खुला सिमानाको सदुपयोग गर्दै संवेदेनशील तरिकाले अगाडि बढ्ने बताउँदै नेपालसँगको व्यवहारमा भारतले उदारता देखाउनुपर्नेमा जोड दिनुभयो । पञ्चेश्वर दुई देशको साझा परियोजना बन्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले खुला सीमा भएकाले भारतसँग विशिष्ट सम्बन्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै देशले एकअर्काको संवेदनशीलतालाई बुझेर मात्र अगाडि बढ्नुपर्छ, विश्वासका आधारमा सम्बन्धलाई कायम राख्नुपर्छ ”, बताउनुभयो ।

राजपाका नेता राजेन्द्र महतोले नेपाल र भारतबीचको सम्बन्धलाई आर्थिक सम्बन्धका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबीच सामाजिक, राजनीतिक र आर्थिक सम्बन्ध रहेको बताउँदै थप सम्बन्ध बढाउन भारत तयार छ भन्नुभयो । भारतका लागि नेपालका पूर्वराजदूत प्रा डा लोकराज बरालले नेपाल र भारतबीच देखिएका समस्यालाई निराकरण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ