११ माघ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा प्रदेश ५ को राजधानी बनाउने पहल गर्ने आश्वासन दिनुभएको छ ।
राजधानीको माग गर्दै नेपालगञ्जबासीहरुले आज बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले अहिले तोकिएको मुकाम अस्थायी मात्र भएको र प्रदेशसभाले रियल राजधानी तोक्ने बताउनु भयो ।
उक्त माग शीर्ष नेतृत्वसमक्ष राख्ने आश्वासन दिदैँ प्रचण्डले नेपालगञ्जलाई राजधानी नभएपनि मन्त्रालय सोहि ठाउम राख्नु सकिने धारणा राख्नुभयो ।
राजधानी जहाँ भएपनि मन्त्रालय र ठूला कार्यालय विभिन्न ठाउँमा राख्नुपर्ने उहाँको भनाई थियो । प्रचण्डले भन्नुभयो ‘भोलि नेपालगञ्ज नै राजधानी भयो भने पनि सबै अफिस नेपालगञ्जमा हुनु हुँदैन । समानुपातिक वितरण हुनुपर्छ ।’
नेपालगञ्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यलय राख्न पहल गर्ने भन्दै उहाँले राजधानी नहुनासाथ अफिसहरु सार्ने कामको आफुले बिरोध गर्ने बताउनु भयो ।
उनीहरुले नेपालगञ्जलाई प्रदेश राजधानी बनाउनु पर्ने माग गर्दै बुटवललाई अस्थायी मुकाम तोक्नासाथ नेपालगञ्जमा रहेको अफिसहरु सार्न खोजिएको भन्दै त्यसो भए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।