११ माघ
भक्तपुर । जिल्लामा एक जना प्रिन्सिपले विद्यार्थीलाई कुटपिट गरेर निकाला गरेका छन् ।
भक्तपुरको सूर्यविनायकस्थित बाराहीस्थानमा रहेको महेन्द्र विद्या आश्रमका प्रिन्सिपल महेन्द्रप्रसाद मास्केले कक्षा ९ मा अध्ययनरत आयुष बस्नेतलगायतका विद्यार्थीलाई कुटपीट गरेका हुन् ।
विहीबार विद्यालयमा समयमै उपस्थित नभएको भन्दै कुटपिट परेर प्रिन्सिपल मास्केले विद्यार्थीलाई विद्यालयबाटै निकालेको बताइएको छ । अध्ययनका लागि कक्षामा प्रवेश गर्न लागेका विद्यार्थीलाई प्रिन्सिपलले लातीले हानेर कक्षाबाट बाहिर निकालेको पीडित विद्यार्थी बस्नेतले बताए ।
विद्यार्थी बस्नेतले आफना घरमा भनेपछि अभिभावकहरु विद्यालयमा गुनासो गर्न पुगेका थिए । विद्यालय पुगेका अभिभावकलाई समेत प्रिन्सिपल मास्केले चुप लागेर घर नगए गुण्डा लगाएर ठिक पार्ने समेतको धम्की दिएका थिए । अभिभावकले घटना सार्वजनिक गरिदिने भनेपछि गल्ती स्वीकार गर्दै प्रिन्सिपलले माफी मागेका थिए ।
घटनापछि समाचार संकलनका लागि विद्यलायमा पुगेका भक्तपुरका सञ्चारकर्मीलाई समेत प्रिन्सिपल मास्केको निर्देशनमा भेटन दिइएको थिएन् । पटक पटकको आग्रहपछि भेटन दिएपनि विद्यालय प्रशासन र प्रिन्सिपल मास्केले सञ्चारकर्मीलाई अपमान गरेको भक्तपुरका सञ्चारकर्मीहरुले बताएका छन् ।