नवराज सिलवालकी श्रीमती र छोरी अमेरिका पुगे -एयरपोर्टमा प्रहरीको सोधपुछ , सेनाले गर्‍यो सहयोग

नवराज सिलवालकी श्रीमती र छोरी अमेरिका पुगे -एयरपोर्टमा प्रहरीको सोधपुछ , सेनाले गर्‍यो सहयोग

  • बिहिबार, माघ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

११ माघ,काठमाडौं । प्रहरीको मोस्ट वान्‍टेड सूचीमा रहेका पूर्व डीअाइजी नवराज सिलवालकी श्रीमती र छोरी पनि अमेरिका उडेकी छन् । नेपालमा नरहेको निष्कर्ष निकाल्दै प्रहरीले इन्टर पोलमा सूचना राखेर विश्‍वभर खोजिरहेको बेला श्रीमती र छोरीहरुले पनि नेपाल छोडेकी हुन् ।

सिलवाल अमेरिकामा रहेको बताइरहँदा पुस २८ गते शुक्रबार श्रीमती र छोरीहरु पनि अमेरिका उडेकी हुन् । सिलवालकी पत्नी सिर्जना र दुई छोरीलाई एयरपोर्टमा सादा पोसाकका प्रहरीले नवराजबारे केही सोधपुछ गरेको थियो ।

दिउँसो ४ः४० बजे कतार एयरवेजबाट अमेरिका जान लागेका उनीहरूलाई अध्यागमनभित्र पुगेपछि सादा पोसाकका प्रहरीले सोधपुछ गरेको हो । प्रहरीले बुबाको जानकारी माग्‍दा छोरीहरुले अाफूलाई कुनै जानकारी नभएको जवाफ फर्काएकी थिइन् । पत्‍नी सिर्जनाले अाफूहरुलाई विदेश जाने र फर्किने अधिकारी भएको बताएकी थिइन् ।

उनीहरु अमेरिका पुगिसकेको बताइएको छ । संचारमाध्यमहरुले भनेजस्तै सिलवाल अमेरिकामा भएको भए परिवारको भेट भइसकेको छ ।

उडान हुँदा पनि प्रहरीले सोधपुछ गरिरहेको तर नेपाली सेनाका अधिकारी अाएर पुर्जी मागेका थिए । प्रहरीसँग बाहिर जानबाट रोक्‍नेबारे कुनै पुर्जी नै थिएन ।

सिलवाल परिवार स्रोतका अनुसार घरमा अाएर प्रहरीले सोधपुछ गर्न थालेपछि उनीहरु अमेरिका उडेका हुन् । सिलवालकी ठूली छोरी कलेजका लागि अमेरिकामा जान लागेको र पत्नी सिर्जना र सानी छोरी प्रहरीको डरले घर छोडेको बताइएको छ ।

अाफू प्रहरी प्रमुख हुनुपर्ने भन्दै सिलवालले अदालतमा पेश गरेको सरकारी कागज किर्ते गरेको भन्दै प्रहरीले खोजि गरिरहेको छ । रातारात एमालेमा प्रवेश गरेका पूर्वडीआईजी सिलवाल प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ