काठमाडौँ, ११ माघ ।
सूचना, सञ्चार तथा प्रविधि मेलाको २४आँै संस्करण क्यान इन्फोटेक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।
यही माघ १६ गतेसम्म सन्चालन हुने मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनीका उत्पादनहरुको स्टल राखिएको छ ।
मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्दै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई÷दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पु¥याउन लागिएको जानकारी दिनुभयो ।
उहाँले आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै यसका लागि सरकार र निजी क्षेत्रबीचको थप सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।
मन्त्री बस्नेतले संविधान कार्यान्वयनका क्रममा स्थानीय निकाय, प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न भएसँगै देशले राजनीतिक स्थायित्व प्राप्त गरेकोले अब आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकासमा सरकारी लगानी वृद्धि गरिनुपर्ने बताउनुभयो ।
आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका अनुसार मुख्य प्रदर्शनी हलमा ४९ वटा ठुला स्टल राखिएको छ भने त्यस बाहिर ५ वटा ब्राण्डिङ प्रदर्शनी कक्ष रहेका छन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स पावर सोलुसन्स मोवाइल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स् विभिन्न कलेज सफ्टवेयर सोलुसन्स् , पेमेन्ट सोलुसन्स्, बैंक तथा वित्तीय संस्था र अन्य संघसंस्थाको स्टल समेत राखिएको छ ।
सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निस्शुल्क प्रवेश गर्ने व्यवस्था गरिने कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिनुभयो ।