एजेन्सी, माघ १० ।
लिबियामा श्रृंखलाबद्ध रुपमा भएको बम बिस्फोटमा परी २७ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० भन्दा बढी घाइते भएका छन् ।
लिबियाको बेन्घाजीमा रहेको मस्जिद नजिकै बम बिस्फोट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् ।
मारिनेमा केही सैनिक र सर्वसाधारण पनि रहेका अधिकारीहरुले बताएका छन् । पछिल्लो समय लिबियामा आईएसले आतंकबादी गतिविधि निरन्तर रुपमा गर्दै आएका छन् ।
जसको मारमा सर्वसाधारण पर्ने गरेका छन् । यस घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline