आजबाट शहीद सप्ताह सुरु

आजबाट शहीद सप्ताह सुरु

  • बुधबार, माघ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, माघ १० ।
नेपालमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नेहरुको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइदैछ । एकतन्त्रिय जहाँनिया राणा शासन विरुद्ध संघर्ष गर्ने क्रममा प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदको सम्झनामा सप्ताह व्यापी रुपमा शहीद दिवश मनाउने गरिन्छ ।

यही माघ १६ गते विशेष कार्यक्रमका साथमा यो दिवश मनाइदैछ । यो बर्षको शहीद सप्ताहलाई व्यवस्थित बनाउन काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

शहीद सप्ताहको पहिलो दिन आज टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली दिइएको छ । त्यस्तै आगामी माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा हुने मूल समारोह समितिले जनाएको छ ।

यस्तै आगामी १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा पनि श्रद्धाञ्जली सभा हुनेछ भने १६ गते सहिद दिवसका दिन, बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली सहितको प्रभातफेरी विहान नौ बजे सहिद स्मारक लैनचौर पुगेपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ