आफ्नो जिम्मेवारीलाई कर्तव्यानिष्ट भएर पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

आफ्नो जिम्मेवारीलाई कर्तव्यानिष्ट भएर पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

  • मङ्लबार, माघ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, माघ ९ ।
नेपाली कांगे्रस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले सशस्त्र प्रहरीलाई आफ्नो जिम्मेवारीलाई कर्तव्र्य्निष्ट भएर पूरा गर्न निर्देशन दिनु भएको छ ।

सशस्त्र प्रहरी बलको १७ औं बार्षिकोत्सवको अवसरमा बोल्र्दै देउबाले प्रहरी बलले मुलुकमा र्पुयाएको योगदानको चर्चा गर्दै भविष्यमा आफनो कर्तव्य पुरा गर्न आग्रह गर्नुभएको हो ।

साथै उहाले सशस्त्र प्रहरीको पुनर्संरचना विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा गरिएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्थापना कालदेखि नै संगठनले सुरक्षा चुनौती सामना गर्दै देश र जनताको सेवामा अहोरात्र खटिएको बताउनु भएको थियो ।

साथै उतm कार्यक्रममा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

दिवसकै अवसरका सेवामा रहेका बेला बीरगति प्राप्त गरेकाहरुप्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।

साथै कार्यक्रममा सशस्त्र प्रहरीले दक्षिणकाली गण खुमलटार र सीमा सुरक्षा कार्यालय सुनसरीलाई उत्कृष्ट काम गरेको भन्दै रनिङ शील्ड प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ