९ माघ,काठमाडौं । गायीका तथा संचारकर्मी कोमल ओली राष्ट्रिय सभा सदस्य बन्ने भएकी छन् । नेकपा एमालेले ओलीलाई राष्ट्रियसभामा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेदवारी नपाएपछि बागी दिने घोषणा गरेकी ओली अहिले भने खुशी भएकी छन् । सोमबार बसेको स्थायी समिति बैठकले ओलीलाई प्रदेश नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यसैगरी एमालेले प्रदेश ६ र ७ मा पनि उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही,मीना बुढा (महिला) रोल्पा,कोमल ओली (महिला) दाङ । प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला,नन्दा शर्मा ( महिला) सुर्खेत, नरपति लोहार (दलित) कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै एमालेले प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला) कञ्चनपुर,शेरबहादुर कुँवर (खुला) अछाम,चक्रप्रसाद स्नेही (दलित) डडेलधुरालाई उम्मेदवार बनाएको छ ।