सल्यान दुर्घटना अपडेट : चार जनाको मृत्यु

सल्यान दुर्घटना अपडेट : चार जनाको मृत्यु

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

८ माघ, दाङ ।
रुकुमबाट दाङको घोराही जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन ।

ना ५ ख ५३१ नम्बरको एक यात्रीबहाक बस आज अपरान्ह त्रिवेणी गाउपालिकाको स्थानीय सल्लेखोला भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य १२ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी भरतबहादुर विकले जानकारी दिनुभयो ।
घाइतेहरुको सल्यानका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई बाँकेको कोहलपुर अस्पताल पठाउने तयारी गरिएको जनाइएको छ ।

बसमा करिब ४० जना यात्री सवार रहेकोमा २० बढी यात्री सामान्य घाइते छन् ।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेको जनाईएको छ । बस दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ