भोलिसम्मका लागि धनकुटामा जारी निषेधाज्ञा हट्यो ,डोटीमा आन्दोलनको स्वरुप परिवर्तन

भोलिसम्मका लागि धनकुटामा जारी निषेधाज्ञा हट्यो ,डोटीमा आन्दोलनको स्वरुप परिवर्तन

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

धनकुटा माघ ८, ।
प्रदेश राजधानीको माग गर्दै सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा भोलि बिहान ७ बजे सम्मका लागि हटाइएको छ ।

जिल्लाको जनजीवन कष्टकर बन्दै गएकाले र प्रशासनले आज अपरान्ह ३ देखि भोलि बिहान ७ बजे सम्मका लागि निषेधाज्ञा हटाएको जनाएको छ ।

प्रशासन कार्यालयमा आज बसेको बैठकले जिल्ला बन्दका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताउनुभयो ।

प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा उत्रिएका सर्वसाधारण प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगर तोकिएपछि थप आक्रोशित भएकाले स्थानीय प्रशासनले गत बिहीबार देखि निषेधाज्ञा जारी गरेको थियो ।
यसैबीच प्रदेश राजधानीको माग गर्दै डोटीमा जारी आन्दोलनको स्वरुप फेरिएको छ ।
पाँच दिनदेखि डोटीमा जारी आमहड्ताल स्थगित गरी स्थानीयले आजबाट क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा धर्ना शुरु गरेको छ ।

प्रदेश राजधानीको माग राख्दै विरोधमा उत्रिएका उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै दुई घण्टा धर्ना तथा दुई घण्टा बजार बन्द गर्ने निर्णय भएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताउनुभयो ।

डोटीमा हुन थालेको प्रदेश नम्बर ७ को राष्ट्रिय सभा निर्वाचनलाई सम्पन्न गराउन आम हड्ताल फिर्ता लिइएको संघर्ष समितिले जनाएको छ ।

आन्दोलनको स्वरुप फेरिएपछि आइतबार बेलुकी ५ बजेबाट अवरुद्ध सडक तथा बजार सञ्चालन भएका छन् । यस अघि पनि १३ दिनसम्म जिल्ला ठप्प पारी आन्दोलनको स्वरुप बदल्दै २२ दिनसम्म धर्ना र अनसन गरेर राजधानीको माग गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ