काठमडौँ ,८ माघ। सरकारले ३ नम्बर प्रदेश प्रमु्खमा नियुक्त अनुराधा कोइरालाको नागरिकतामा गम्भीर गल्ती भेटिएको छ । अनुराधा भारतीय नगारिक भएको र नेपालीसँग विवाह गरेपछि अंगिकृत नागरिक भएको भन्दै प्रदेश प्रमुख नियुक्त गर्नु गल्ती भएको सामाजिक संजाल र मिडियामा कुरा उठिरहेको छ । उनले आफैले संचालन गरेको माइती नेपाल र नागरिकतामा जन्मस्थान फरकफरक हुँदा पनि त्यसलाई बल पुगेको थियो ।
त्यसैगरी अनुराधाका नागरिकतामै गम्भीर त्रुटि भेटिएको छ । जन्मेको झण्डै चार दशकपछि अनुराधाले २०५० सालमा नागरिकता लिइएको देखिन्छ । उक्त नागरिकतामा २०४६ सालमै अन्त्य भएको पञ्चायत लेखिएको छ । प्रजातन्त्रसँगै पञ्चायत भन्ने शब्द हटाइसकिएको थियो ।
अनुराधालाई सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेसँगै उनको नागरिकता विवाद आएको हो । अहिले पनि माइती नेपालको वायोग्राफीमा जन्मस्थान भारत भनिएको छ भने नागरिकतामा ओखलढुंगा उल्लेख छ ।
नागरिकतामा देखिएको पञ्चायत भन्ने शब्दले त उक्त नागरिकताको वैधानिकतामै प्रश्न उठाइएको छ । राजनीतिक विश्लेष भरत दाहालले प्रजातन्त्र स्थापनासँगै फ्याएको पञ्चायत कालमा छापिएको कागजमा अनुराधाको नाम लेखेको बताएका छन् । उनले भने, “पञ्चायती कालमा छापेर बाँकी रहेको कागजमा बेनामी सिडिओको सही आफैले गरेर नेपाली हुन्छ ?” उनले रुतुन्त छानविनको माग समेत गरेका छन् ।
केही सामाजिक अभियन्ताहरुले छानविनको माग गर्दै मुद्दाको तयारी गरिरहेका छन् ।