प्रहरीको कुटाईबाट दलित महिलाको आँखा गुम्यो

प्रहरीको कुटाईबाट दलित महिलाको आँखा गुम्यो

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

वीरगन्ज, माघ ८ । प्रहरीको कुटाइबाट वीरगन्जकी १५ बर्षिय छोरी मुनि पासवान दासको आँखा गुमेको छ ।

आज विहान ११ बजे गाँजा खाने युवकलाई समात्न जादा उनीहरुलाई लखेट्ने क्रममा लाठी चलाएको परिवारजनको भनाई छ। बिरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवा स्थित भुटनदेबिमाइ मन्दिरका पुजारी भूषण पासवान दासकी छोरी मुनिको बिहान ११ बजे इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाको कुटाइ बाट आँखा गुमेको पिडित पासवानको आरोप छ ।

अस्थायी प्रहरी पोस्ट नगवाका प्रहरी जवान दिपेन्द्र झाले चलाएको लाठीले मुनीको आँखामा गम्भीर चोट लागेको थियो ।

चोट लागेपछि प्रहरीले मुनीलाई नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि केडिया आँखा अस्पताल लगेका छन्।

बाँया आखामा गम्भीर चोटले आँखाको ज्योति गुमेको अस्पतालका प्रशासक प्रकाशकुमार बर्माले पुष्टि गरेका छन्।

यस घटनाको विषयमा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी राजन लिम्बुले बताए ।‘युवतीलाई उपचार गराई रहेका छौ, तर चोट कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन,’उनले भने,‘घटनाबारे छानबीन हुँदैछ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ