आज सरस्वती पूजा, देशैभरका सरस्वती मन्दिरहरुमा भक्तजनको भीड

आज सरस्वती पूजा, देशैभरका सरस्वती मन्दिरहरुमा भक्तजनको भीड

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, माघ ८ । आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ ।

ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले काठमाडौंको वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । आज राष्ट्रपति विद्या भण्डारीबाट बसन्तपुरमा बसन्त श्रवण गर्ने कार्यक्रम छ ।

यस दिन वसन्तराग पनि गाइन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने जनविश्वास रहेको छ ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

काठमाडौंको स्वयम्भूदेखि देशैभरका सरस्वती मन्दिरहरुमा आज विद्यार्थी र दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

बौद्ध धर्मावलम्बीले भने सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजा गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ