अमेरिकामा बजेट सम्बन्धी विधेयक असफल : सरकारी काम काज नै ठप्प हुने

अमेरिकामा बजेट सम्बन्धी विधेयक असफल : सरकारी काम काज नै ठप्प हुने

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ, माघ ६ ।
सिनेटमा पेश भएको नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछि अमेरीकाले अधिकाशं सरकारी सेवा बन्द गर्न थालेको छ ।
अर्को महिनासम्म संघीय निकायहरुलाई खर्च उपलब्ध गराउने सम्बन्धि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको विधेयक पारित गराउन माथिल्लो सदन सिनेटमा रहेका रिपब्लिकनहरुलाई डेमोक्याट्सहरुले समर्थन नगर्दा विधेयक पारित हुन नसकेको हो ।
रिपब्लिकन र डेमोक्र्या्टिक पार्टी्बिच अन्तिम समयमा संयुक्त छलफल भए पनि सरकारी कार्यसञ्चालनका लागि आउँदो फेब्रुअरी १६ सम्म खर्च उपलब्ध गराउने सम्बन्धी विधेयकमा डेमोक्र्या्टिक पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।
अमेरीकी ईतिहासमा एउटै दलले संसदको दुबै सदन र ह्वाईट हाउसमा नियन्त्रण कायम गरेका समय पनि सरकारी कामकाज नै ठप्प हुन लागेको यो पहिलो घटना हुने अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
बिधेयक पारीत नभएपछि अब अत्यावस्यक बाहेक अमेरीकी संघिय निकायका कर्मचारीलाई घरैमा बस्न निर्देशन दिने जनाईएको छ ।
यस्तै शैन्य खर्च र बालबालीकालाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम पनि अस्थीर बन्ने रिपब्लिकन पार्टीले जनाएको छ । यो सँगै अमेरीकाको सरकारी काम काज नै ठप्प हुने देखिएको छ ।
उता , ह्वाइटहाउसकी प्रवक्ता सारा स्याण्डर्सले डेमोक्र्या्टिक पार्टीले बजेटलाई राजनीतिक विषय बनाएको आरोप लगाउनुभएको छ । यसले गर्दा राष्ट्रिय सुरक्षा, सेना तथा तिनका परिवार, समस्यामा रहेका बालबालिका तथा राज्यको नागरिकलाई सेवा गर्ने क्षमता प्रभावित भएको उहाँको आरोप छ ।
तर डेमोक्र्याट सिनेटर चक स्चुमरले भने राष्ट्रपति ट्रम्पले दुई पार्टीकाबिच भएको दुई सहमति नमानेकाले आफूहरुले विधेयकको विपक्षमा मत दिएको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ