पाँच बस्तीको ढल वाग्मती नदीमा , मुहानमै बग्द दिशा सहितको कालो पानी

पाँच बस्तीको ढल वाग्मती नदीमा , मुहानमै बग्द दिशा सहितको कालो पानी

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ, ६ माघ ।
वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गरे पनि नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वाग्द्वारबाट बग्ने वाग्मती गोकर्णेश्वर नगरपालिका–१ मा आएपछि फोहर मिसिन शुरु हुन्छ । निकुञ्जभित्रै नगरपालिका पाँच बस्ती छन् । यी बस्तीको फोहर सिधै वाग्मतीमा जान्छ । यो अझै रोकिएको छैन । बस्तीमुनि उपत्यकामा ल्याइएको पानीको मुहान छ । बस्तीको कारण मुहान पनि फोहर बन्ने गरेको छ ।

नगरपालिका–१ मा निर्वा्चित अध्यक्ष राम मानन्धरले नदी र पानीको मुहान सफा राख्ने हो भने यहाँको बस्तीलाई अन्यत्र सार्न गम्भीररुपमा काम गर्न अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई अनुरोध गरिएको सुनाउनुहुन्छ ।

सुन्दरीजल क्षेत्रदेखि नदी किनारको दायाँबायाँ फाँटमा स्थापना गरिएका सुँगुर र बंगुरपालनका कारण नदीमा फोहर मिसिएको छ । फार्मको फोहर नदीमा पठाउन सजिलो हुने गरी फार्म खोलिएको प्रष्ट देखिए पनि अधिकार सम्पन्न वाग्मती समितिले अनुगमन गर्न सकेको छैन ।

नगरपालिका–४ को नदी किनारमा पनि सुँगुर बंगुर फार्म पालिनुका साथै ढल सिधै नदी किनारमा हालिएको छ । ४ नं वडाका अध्यक्ष श्रीकुमार श्रेष्ठ ढल सिधै हाल्ने र नदी किनारमा फोहर बढाउने गतिविधि गर्दा मुहान क्षेत्रकै नदीको पानी कालो बनेको बताउनुहुन्छ ।

                                     तस्बिर ः पूर्णप्रसाद मिश्र

“यहीँ कालो पानी बगेको तस्वीर खिचेर अधिकार सम्पन्न वाग्मती समितिमा दिए पनि केही काम भएको छैन”– उहाँले भन्नुभयो । समितिका आयोजना प्रमुख आशिष घिमिरे भने कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखसँग नदी सफाइ अभियानमा सहयोगको माग गर्दै पटकपटक बैठक गरे पनि समन्वय हुन नसकेको स्वीकार्नुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ